भारतीय लगानी भित्र्याउन जस्तोसुकै सहयोग गर्न तयार : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय लगानी भित्राउन आफुजस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्न गएको भारतीय उद्योग परिसंघको टोलीसँग प्रधानमन्त्री ओलीले भने,‘ नेपालमा लगानी ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुहोस, कस्तो सहयोग गर्न पर्छ मलाई भन्नुहोस, सरकार सहयोग गर्न तयार छ । ’

प्रधानमन्त्रीलाई भेट्न महासंघका अध्यक्ष भवानी राणा र उपाध्यक्ष चन्द्र ढकाल सहित भारतीय उद्योग परिसंघका अध्यक्ष एवं अपोलो हस्पिटल इन्टरप्राइजेज लिमिटेडका कार्यकारि उपाध्यक्ष सोबना कामिनेनी गएकी थिइन् ।

उक्त भेटवार्तामा सम्माननीय प्रधानमन्त्रीबाट नेपाल अव समृद्धिको मार्गमा अगाडी बढेकाले नेपालमा भारतीय संयुक्त लगानी विस्तारका लागि सहयोग गर्न सीआईआईका अध्यक्षलाई आग्रह गरे ।

मुलुकको समृद्धिनै आफ्नो प्रमुख प्राथमिकता रहेको स्पष्ट पार्नुहु“दै प्रधानमन्त्रीले दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघबाट नेपालमा भारतीय संयुक्त लगानी बढाउन नेतृत्वदायी भूमीका निर्वाह गर्न अनुरोध समेत गरे ।

सो अवसरमा महासंघका अध्यक्ष राणाले आगामी अप्रिलमा दुवै महासंघको संयुक्त आयोजनामा काठमाडौंमा नेपाल–भारत लगानी सम्मेलनको गृहकार्य भैरहेको जानकारी गराउनु हु“दै नेपालमा भारतीय लगानी विस्तारमा सो सम्मेलन महत्वपूर्ण हुने स्पष्ट पारिन् ।

भेटवार्ताका अवसरमा सीआईआईका अध्यक्ष कामिनेनीले प्रधानमन्त्री ओलीलाई भारतीय निजी क्षेत्रका तर्फबाट बधाई दिएकी थिइन् ।

भारतीय उद्योगपतिहरूको नेतृत्वदायी स“स्था सीआईआईका अध्यक्ष कामिनेनीले नेपालको आर्थिक विकासको अभियानमा सहभागी हुन भारतीय निजी क्षेत्रपनि उत्साहित रहेको भन्दै संयुक्त लगानी विस्तार, लगानीका क्षेत्र पहिचान लगायतमा आगामी दिनमा ठोस गृहकार्य सहित अगाडी बढ्नु पर्ने धारणा राखिन् ।


क्लिकमान्डु