पोखरा फाइनान्स २१ औ वर्षमा प्रवेश



पोखरा । पोखरा फाइनान्स २१ औं वर्षमा प्रवेश गरेको छ ।

फाइनान्सको लेखनाथ महानगरपालिका न्यूरोडमा प्रधान कार्यालय रहेको छ । २१ वर्ष पुगेको उपलक्ष्यमा संस्थाले प्रधान कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको हो ।

‘रक्तदान कार्यक्रमममा ४१ जनाले रक्तदान गरेका छन् ’– प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङ्ले भने ।

यसै अवसरमा संस्थाले वित्तीय साक्षरता एवम् सफा नोट अभियान सम्बन्धी प्रभात फेरी कार्यक्रमको आयोजना गरेको छ ।


क्लिकमान्डु