मुक्तिनाथको सिइओमा प्रद्युम्न पोखरेल



काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रद्युम्न पोखरेललाई नियुक्त भएका छन् ।

हालका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालको कार्यकाल आगामी बैशाख मसान्तबाट सकिने भएकाले बैंकले पोखेरललाई सिइओमा नियुक्त गरेको हो ।

चैत २ मा बसेको बैंक संचालक समितिले पोखरेललाई जेठ १ देखि लागु हुने गरेर ४ वर्षे कार्यकालको लागि सिइओ पदमा नियुक्त गरेको हो ।

नबिल बैंकबाट बैकिङ सेवामा प्रवेश गरेका पोखरेल मुक्तिनाथमा आउनु अगाडि मेगा बैंकमा थिए ।


क्लिकमान्डु