डेढ अर्ब घोटालापछि एनसीसीको सेयरमा यस्तो चाप



काठमाडौैं । नेपाल क्रेडिट एण्ड कमर्श बैंकका संचालक सहित कर्मचारी शुक्रबार डेढ अर्ब घोटालामा पक्राउ परे ।

एनसीसीमा मर्जर हुन आएको एपेक्स डेभलपमेन्ट बैंकको काण्डमा बैंकका संचालक विष्णु धिताल सहित कर्मचारी पक्राउ परेका हुन् ।

नेप्सेको मार्केट डेप्थ अनुसार एनसीसीको सेयर खरिद गर्न ४५ हजार ८४५ कित्ता सेयर खरिदको लागि अर्डरमा छ । खरिदकर्ताले न्यूनतम २६६ देखि २७० सम्ममा सेयर खरिद गर्न खोजेका छन् ।

यस्तै १३१९९ कित्ता सेयर बिक्रीको लागि अर्डरमा छ । बिक्रीकर्ताले प्रतिकित्ता न्यूनतम २७२ देखि २७७ मुल्य राखेर बिक्री गनेृ अर्डर राखेका छन् ।

एनसीसीले एपेक्सको बिग्रेको रकम प्रोभिजन गरिसकेको छ ।


क्लिकमान्डु