२९ औं राष्ट्रिय औद्योगिक प्रर्दशनी ९ चैत्रदेखि काठमाडौंमा आयोजना हुँदै



काठमाडौं । घरेलु तथा साना उद्योग विकास समिति प्रधान कार्यालयको आयोजनामा चैत्र ९ देखि १३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम आयोजना हुने भएको छ ।

‘स्वदेशी वस्तु प्रयोग गरौ, समृद्धि तर्फ अघि बढौं’ भन्ने मुल नाराका साथ आयोजना हुन लागेको यस प्रदर्शनीमा मुलुकभरका ७७ जिल्लाका लघु, घरेलु तथा साना उद्यमीको सहभागिता रहने घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नविन कुमार झाले बताए ।

प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगवाट उत्पादित सामानहरु विक्री तथा प्रदर्शनीका लागि राखिनुका साथै मुलुकभरका उद्यमीहरुको जमघट तथा अन्तरक्रिया हुने भएकाले पनि यस प्रर्दशनिको महत्व रहेको कार्यकारी निर्देशक झा बताउँ छन् ।

पाँच दिनसम्म संचालन हुने सो प्रदर्शनीमा ३ सय प्रदर्शनी कक्ष (स्टल) रहने छन् भने ५ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रर्दशनीको विशेष आकर्षणको रुपमा मौलिक नेपाली हस्तकला र काष्ठकला जन्य उत्पादनहरु, परम्परागत तथा आधुनिक उपर्युक्त प्रविधि, छाला जुत्ता तथा छालाजन्य वस्तुहरु, प्राकृतिक रेशावाट उत्पादित कपडा र वस्तुहरु, वाँसका वस्तुहरु, फलफूलमा आधारित उत्पादनहरु, करुवा र खुकुरी, कृषि तथा वजन्य उत्पादनहरु लगायतका सामानहरु प्रर्दशनिमा रहने छन् ।

७७ जिल्लाका उद्यमी सहभागी हुने र उद्यमीले तयार पारेका सामान लाई एउटै छातामुनीबाट उपभोक्तलाई सहज रुपमा खरिद गर्न मिल्ने गरि स्टल तयार पार्न लागिएको घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नविन कुमार झाले बताए ।

सोही प्रर्दशनीकै अवसरमा उद्यमीहरुलाई पूर्णरुपमा जानकारी दिन बौद्धिक सम्पती तथा उद्योग व्यवसाय प्रवद्र्धन वारे सम्वन्धित निकाय र उद्यमीहरुबीच अन्तरक्रिया लगायतका कार्यक्रम आयोजना हुनेछन् । लघु घरेलु तथा साना उद्यमीहरुवाट उत्पादित वस्तुहरुको बजार विस्तार तथा प्रवद्र्धन गर्ने अभिप्रायले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि प्रर्दशनी आयोजना गर्न लागिएको हो ।

प्रदर्शनीमा उद्यमीले उत्पादन गरेका सामानहरुलाई बजारीकरण गर्न सजिलो हुनुका साथै त्यस्ता सामानको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत बजारीकरण गर्न कोसेढुङगा सावित हुने भएकाले समितिले २०४२ सालदेखी राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनि र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार जस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको घरेलु समितिले जनाएको छ ।

यस प्रदर्शनीले उद्यमी–उद्यमीबीचमा सिपको आदान प्रदानका साथै बजार विस्तार हुने भएकाले प्रदर्शनीको धेरै महत्व रहेको बताइको छ । प्रदर्शनीलाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ ।

स्वदेशमा स्थापित उद्योगहरुमा जडित प्रविधि, नेपालमा उत्पादित वस्तु तथा सेवाहरु र नेपालमा विकसित प्रविधिको वारेमा जानकारी दिनुका साथै राम्रा काम गर्ने उद्यमीलाई विधागत रुपमा पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम रहेको छ ।

प्रत्येक जिल्लावाट सो प्रर्दशनीमा दुई जना उद्यमी सहभागि हुने छन् । त्यसरी सहभागी भएका उद्यमीले दैनिक भत्ता तथा यातायातको सुविधा समेत प्राप्त गर्ने छन् । सरकारी स्तरवाट लघु, घरेलु तथा साना उद्यमीले उत्पादन गरेका सामानलाई बजारीकरण गर्ने उदेश्यका साथ आयोजना हुने एक मात्र राष्ट्रियस्तरको यस प्रर्दशनी भएकाले यसको महत्व धेरै रहेको छ ।


क्लिकमान्डु