गुण्डा नाइके गणेश लामाको पक्षमा बनेपामा कांग्रेसले निकालेको जुलुसमा झडप



काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका गुण्डा नाइके गणेश लामाको पक्षमा नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमितिले गरेको पर्दशनमा झडप भएको छ ।

आन्दोलनरत कांग्रेस कार्यकर्ता र प्रहरीबीच बनेपामा झडप भएको हो ।

केही दिन अगाडि पक्राउ परेका लामालाई रिहा गर्न माग गर्दै कांग्रेसको जिल्ला समितिले मसाल जुलुस निकालेको थियो ।
शुक्रवार कांग्रेस काभ्रेका सभापति मधु आचार्यले लामालाई रिहा नगरेर आन्दोलन गर्ने घोषणा गरेका थिए ।


क्लिकमान्डु