छोरीको आइडिया सुनेर अर्बपति मुकेशले गरे ३१ अर्ब डलर लगानी



रिलायन्स जिओ स्थापनाको २ वर्षमा भारतको सबैभन्दा ठूलो मोबाइल ब्राण्ड बनेको छ । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले सो आइडिया छोरी इशा अम्बानीले दिएकी थिइन् ।

यसको जानकारी मुकेश अम्बानीले आफैले दिएका छन् । रिलायन्स इन्डष्ट्री ‘डाइवर्स अफ चेज’ अवार्डको समारोहमा अम्बानीले छोरी इशाले सन् २०११ मा सो आइडिया दिएको बताएका हुन् ।

जिओको आइडियापछि रिलायन्सले भारतको फोन बजारमा ३१ अर्ब डलर लगानी गर्यो । सन् २०१६ मा सुरु भएको जिओले मोबाइल बजारमा अहिलेसम्मकै रेकर्ड ब्रेक गरिदिएको छ ।

मुकेशको भाई अनिल आफै दाईको कम्पनीको प्रभावले धेरै नै पछाडि परे । सँगै अरु कम्पनीपनि पछाडि परे । सुरुवाति चरणमा निशुल्क कल डाटा दिएर जिओले बजारलाई आफ्नो नियन्त्रणमा लियो ।

अम्बानीले अनुभव सुनाउदै भने,‘जिओको आइडिया सबैभन्दा पहिला मेरो छोरीले सन् २०११ मा दिइन् । जुनबेला उनी विश्वविद्यालयमा पढीरहेकी थिइन् र विदामा घर आएकी थिइन्।’

कलेजको केही काम गर्दै छोरीले भनिन् ‘बुवा हाम्रो घरको इन्टरनेट खराब छ।’

इशा र उनको भाई आकाश भारतका युवा पिडी हुन् र जेनरेशन बेस्ट बनाउनको लागि धेरै समय कुर्न नचाहने मुकेशको भनाई छ ।

घरमा भएका युवाहरुको आइडियाले जिओ कम्पनीको जन्म भयो । ऐजेन्सी


क्लिकमान्डु