अरुको सम्पत्ति समाल्न छाडेको जागिर जसले बनायो अर्बपति



जागिर छाडेर आफ्नै बिजनेस सुरु गर्ने बारेमा त सबैले सुन्नु भएकै होला । तर, यो पढेर तपाईलाई केही अचम्म लाग्न सक्छ । कोही व्यक्ति अर्काको सम्पत्ति सम्हालनका लागि जागिर नै छाडे र केही वर्षमै अर्बपति बने । हजुर यो कल्पना हैन यो यतार्थमा भएको घटना हो ।

विश्वमा तिब्र गतीमा बढ्दै गरेको आर्थिक उतारचढावका बीच निर्मल जैन अर्बपतिको सूचिमा उक्लेका छन् । ब्लूमर्ग बिलियनर्स इन्डेकसका अनुसार उनीसँग १ अर्ब अमेरिकी डलरको सम्पत्ति छ ।

को हुन् निर्मल जैन?

निर्मल जैन भारतका सबैभन्दा ठूलो फाइनान्सियल सर्विसेज कम्पनी आईआईएफएल होल्डिङ लिमिटेडका प्रमोटर हुन् । उनको फर्मले २ अर्ब अमेरिकी डलरको निजी सम्पक्तिको व्यवस्थापन गर्छ ।

आज आईआईएफएल होल्डिङ भारतको सबैभन्दा ठूलो फाइनान्सियल सर्विसेज कम्पनी हो । यसको मुख्य बिजनेस हाउजिङ फाइनान्स र नन् बैकिङ वेल्थ एसेट मैनेजमेन्ट, इन्वेस्टमेन्ट बैंकिङ लगायतको काम गर्छ ।

मोदीको वित्तीय समावेशिता कार्यक्रमबाट सहयोग 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा सुरु भएको वित्तीय समावेशिता कार्यक्रमबाट जैनले सहयोग पाएका छन् । कार्यक्रमबाट मानिसहरुले बैंक बाहेक सेयर बजारमा पनि लगानी गर्ने प्रोत्साहन पाएका छन् । जसको फाइदा कम्पनीले उठाएको छ । ब्लुमबर्गका अनुसार पछिल्लो १२ महिनामा आईआईएफएल होल्डिङको सेयर मुल्य दोब्बरले बढेको छ । जसले गर्दा उनको सम्पत्ति १ अर्ब अमेरिकी डलर पुग्यो ।

जैनले आफ्नो व्यवसायिक जीवनको सुरुवात सन् १९८९ बाट युनिलिभर कम्पनीबाट गरेका थिए । उनले सन् १९९५ मा इक्विटी रिसर्च फर्मको सुरुवात गरे । जसलाई अहिले आईआईएफएलको रुपमा चिनिन्छ ।

उनले सन् २००० मा भारतको पहिलो अनलाइन ट्रेडिङ वेवसाइटको सुरुवात गरेका थिए । त्यसपछि उनले कारोबारको दायरा फैलाउन थाले ।

आज उनको कम्पनीमा १३ सय कर्मचारीले काम गर्छन् । उनको कारोबारको दायरा भारतबाट फैलिएर अन्य देशमा पनि पुगेको छ । ऐजेन्सी


क्लिकमान्डु