खाद्य प्रविधि तथा गुण नियन्त्रणले अनुगमनलाई बढाउन ५१ जनालाई कर्मचारी करारमा लियो



काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयले अनुगमनलाई तीब्र पार्ने भएको छ । कार्यलयले ५१ जना कर्मचारी करारमा लिएसँगै द्रुत गतीमा अनुगमन अघि बढाउन लागेको हो ।

विगत लामो समयदेखि कर्मचारी कम भएकै कारण अनुगमनलाई स्तरिय बनाउन नसकेको खाद्य प्रविधि तथा गुण नियन्त्रणले अब भने खाद्य गुणस्तर अनुगमन तथा गुणस्तर जाँचलाई स्तरीय बनाउने भएको छ ।

‘भखरै कर्मचारी थपेका छौँ, ओरेन्टेसन कक्षा पनि सुरु भैसकेको छ, अब चाँडै अनुगमनलाई तिब्र तथा स्तरीय रुपमा अघि बढाउने छौँ’ खाद्य प्रविधि तथा गुण नियन्त्रणका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने ।

कृषि बढाउनलाई ८ अधिकृत

खाद्य प्रविधि तथा गुण नियन्त्रणले प्रधानमन्त्री कृषि परियोजना अन्र्तगत ८ जना कर्मचारी थप गरेको छ । उनीहरुलाई ८ स्थानमा अधिकृतको पदमा नियुक्त गरिएको हो ।

नियुक्त भएका नयाँ अधिकृतहरुले सुपर जोन अन्तर्गत आलु, मकै, धान र माछाको उत्पादन, व्यापारी करण र प्रसोधनको काम गर्ने छन् ।

नेपाल सरकारले प्रत्यक प्रदेशमा सुपर जोन कार्यलय सञ्चालनमा ल्याइएको छ । भैरहवा, हेटौडा, विराटनगरलगायतका सातै प्रदेशमा अधिकृत नियुक्त गर्न लागिएको खाद्य प्रविधि तथा गुण नियन्त्रणले जानकारी दियो ।


क्लिकमान्डु