गुण्डा नाइके गणेश लामालाई रिहा गर्न कांग्रेसको माग



काठमाडौं । नेपाली कांग्रेसका नेता गणेश लामालाई विनाशर्त रिहाइ गर्न कांग्रेस काभ्रेपलाञ्चोकले माग गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा कांग्रेस काभ्रेका सभापति मधु आचार्यले भने, ‘निर्दोष हाम्रा नेतामाथि झुठो आरोप लगाई प्रहरीले पक्राउ गरेको छ । यो दुःखद् भएको छ । उहाँलाई स–सम्मान रिहाइ गर्न सरकारसँग माग गर्दछु ।’

उनले लामामाथि गोली प्रहार गरी फरार रहेका दोषीलाई कारवाही गर्न तथा लामामाथिको अभियोग खारेज गर्न पनि माग गरे ।

कांग्रेस राजनीतिमा सक्रिय रहेका गुण्डा नाइके लामालाई प्रहरीले केहीदिन अगाडि पक्राउ गरेको थियो ।


क्लिकमान्डु