दाना उद्योगमा दुईलाख रोजगारी, कच्चा पदार्थमा भारतको भर



काठमाडौं । नेपाल दाना उद्योगले दुई लाख जनालाई रोजगारी दिएका छन् ।

नेपालमा पोल्ट्री व्यवसाय बढेपछि दाना उद्योगको पनि व्यवसाय राम्रो सम्भावनो रुपमा दिएको छ ।

अहिले नेपालमा दैनिक २७ सय मेट्रिकटन दाना उत्पादन हुँदै आएको छ । संघका अनुसार व्यवसायले प्रत्यक्ष रुपमा डेढ लाख अप्रत्यक्ष सहित २ लाखलाई रोजगारी दिएको छ ।

नेपाल कृषि प्रधान देश भएपनि दाना बनाउन आवश्यक कच्चा पदार्थ भारतबाट ल्याउने गरेको पाइएको छ । मकै ७० प्रतिशत , भटमासको पिना १०० प्रतिशत बिदेशबाट आयात भएको दाना उद्योग संघले जनाएको छ ।

नेपालमा मकै, भटमासको बृहद खेती अघि बढाउन किसानलाई प्रोत्साहन गर्न संघले माग गरेको छ ।


क्लिकमान्डु