एनआईसी एशियाको कामु सिइओमा रोशन न्यौपाने नियुक्त



काठमाडौं । एनआईसी एशिया बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा रोशन न्यौपाने नियुक्त भएका छन् ।

बैंकको संचालक समितिले प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले दिएको राजिनामा स्विकृत गरेर न्यौपानेलाई कामु सिइओमा नियुक्त गरेको हो ।

चाटर्ड एकाउन्टेन्स न्यौपाने एनआईसी एशिया बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृत थिए ।


क्लिकमान्डु