आइएमईले मुथुत फाइनान्सद्वारा भारतबाट नेपाल पैसा भित्राउने



काठमाडौं । नेपालस्थित आइएमईले भारतको मुथुत फाइनान्सबाट रेमिटेन्स सेवा भित्राउने भएको छ ।

यो सेवाको सुरुसँगै भारतमा रहेका नेपालीले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपालमा पैसा पठाउन सक्नेछन् ।

यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सय भन्दा बढी आइएमई एजेन्ट आउटलेटबाट सम्बन्धित व्यक्तिद्वारा सजिलै भुक्तानी लिन सकिनेछ।

नगद भुक्तानी सेवाका अतिरिक्त सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिने छ। नेपालस्थितग्लोबल आइएमई बैंक लिमिटेड र भारत स्थित आरबीएल बैंक यो सेवाकालागि बैंकिंग साझेदार संस्था हुनेछन् ।

भारत–नेपाल रेमिटेन्स सेवा शुभारम्भ कार्यक्रममा भारतस्थित मुथुत फाइनान्सका तर्फबाट प्रवन्ध निर्देशक जर्ज एलेक्जेन्डर मुथुत, प्रमुख महाप्रबन्धक के.आर.बिजिमोनर नेपालस्थित आइएमईका तर्फबाट ब्यापार प्रवद्र्धन प्रमुख सुभास तामाङ्ग लगायत मुथुत फाइनान्सका बरिष्ठ प्रबन्धक जयदीप मेनन र कन्सलट्यान्ट गौतम नैथानी लगायत  उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधनगर्दै मुथुत फाइनान्सका प्रमुख महाप्रबन्धक बिजिमोनले, नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आइएमईंसँगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरूले आर्जन गरेको रकम नेपालमा रहेका तिनका परिवार र आफन्तलाई भुक्तानी गर्न सजिलो हुने विश्वास व्यक्त गरे ।


क्लिकमान्डु