जनता बैंक र प्राइम लाइफबीच बैंकासुरेन्स सम्झौता



काठमाडौं । जनता बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

संझौतामा जनता बैंकका प्रमुख कार्यकारी परशुराम कुँवर क्षेत्री र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरे ।

आगामी दिनामा जनता बैंकको सबै शाखाबाट छिटो ,छरितो तथा सहज रुपमा बीमा लेख प्राप्त गर्न , प्रिमियम भुक्तनी गर्न , दावी भुक्तानी लगाएतका सम्पूर्ण बिमा सेवा पाउँन सकिने बैंकले जनाएको छ ।

यस्तै बैंकले गोरखा जिल्लाको सुलिकोट गाउँपालिकामा नयाँ शाखा खोलेको छ । यो बैंकको ९६ औं शाखा हो ।


क्लिकमान्डु