प्रभु लाइफ इन्स्योरेन्सले खोल्यो एकै पटक चार शाखा



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले एकै पटक चार शाखा खोलेको छ ।

प्रभु बैंक लिमिटेडका प्रमुखकार्यकारी अधिकृत अशोक शेरचनले ललितपुर, कम्पनीका संञ्चाल नरेश बहादुर मल्लले कलंकी, कम्पनीका संस्थापक शेयरधनी अम्बिका शर्माले बानेश्वर शाखा कार्यालय तथा कम्पनीकै संस्थापक शेयरधनी तथा सांग्रिला बिकाश बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बनेपा शाखाको उद्घाटन गरे ।

कार्यक्रममा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्य सहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताउँदै कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे ।

कम्पनीका संचालक नरेश बहादुर मल्लले प्रभु लाइफ इन्स्योरेन्सले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे ।

कम्पनीका संस्थापक शेयरधनी अम्बिका शर्माज्यले गाउँसम्म बीमा पुर्याउने बताइन् ।

सांग्रिला विकास बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले सांग्रिलासँगको सहकार्यमा इन्स्योरेन्स स्थानीय तहसम्म पुग्ने बताए ।

यस अघि नै प्रभु लाइफ इन्स्योरेन्सले ताहाचल, वीरगंज, ईटहरी, पोखरा, धनगढी, सिन्धुली तथा भक्तपुर मा शाखा कार्यालय खोलेको छ । २ अर्ब चुक्ता पुँजी रहेको कम्पनीमा संस्थापकको १ अर्ब ४० करोडको सेयर छ भने बाँकी रकम सर्वसाधारणलाई सेयर जारी गरिने छ ।


क्लिकमान्डु