क्लास्सिक टेकले खोल्यो काठमाडौंमा ४ नयाँ शाखा




काठमाडौं । नेपालको द्रुत गतीमा अगाडी बढी रहेको ईन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदायक संस्था क्लास्सिक टेकले काठमाडौंका ४ नयाँ ठाउँहरुमा आफ्नो शाखा बिस्तार गरेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक निसा खरेलले फागुन ३० गते सम्पूर्ण शाखाहरुको उद्घाटन गरेकी हुन् । कम्पनीले भक्तपूरको गठ्ठाघर, ललितपुरको थसिखेल तथा काठमाडौंको किर्तिपुर, ट्याङ्लाफाट र माछापोखरी, बालाजुमा एकै पटक शाखा विस्तार गरेको हो । यसअघि नै कम्पनीले २० शाखा स्थापना गरेर सेवा प्रदान गरिरहेको छ ।

छिटोभन्दा छिटो र भर्पर्दो सेवा उपलब्ध गराउने नै शाखा बिस्तारको मुख्य उद्देश्य रहेको कम्पनीको भनाइ छ । कम्पनीले रकम भुक्तान वा रिचार्जलाई सर्बसुलभ बनाउन विभिन्न अन्लाइन भुक्तानी तथा अन्लाईन बैंकिंग सेवाको लागि सहकार्य अगाढि बढाइ सकेको छ जानकारी दिएको छ भने भिजा, मास्टर कार्ड स्वाइप गरी भुक्तान गर्ने अप्सनको लागि पनि काम अघि बढेको पनि जानकारी दिएको छ ।

क्लास्सिक टेकको ईन्टरनेट, इन्ट्रानेट तथा आइसीटी सम्बन्धित सेवाहरुमा ८ बर्षको अनुभव छ । कम्पनीले छोटो समयमा नेपालको ७२ जिल्लामा आफ्नो सेवा बिस्तार गरिसकेको छ । हाल २३ स्थानमा आफ्ना शाखास्थापना गरिसकेको कम्पनीमा १ हजारभन्दा बढी दक्ष कर्मचारी आबद्ध छन् भने ४० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । क्लास्सिक टेकले विश्वकै उत्कृष्ट जिपोन प्रबिधिमा आधारित फाइबर टु होम सेवाको मध्यमबाट ईन्टरनेट सेवा नेपालमा मुख्य शहरहरुमा उपलब्ध गराइसकेको छ ।


क्लिकमान्डु