राष्ट्रपतिलाई भेटेर पराजुलीले दिए राजिनामा



काठमाडौं । न्याय परिषद्को पत्रले अवकास पाएका प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर राजिनामा दिएका छन् ।

पराजुलीले राष्ट्रपतिलाई भेटेर राजिनामा बुझाएका हुन् । पदमुक्त भनेर न्यायपरिषद्ले पत्र दिएका पराजुलीले राजिनामा दिनुमिल्छ वा मिल्दैन त्यसको बहस भने कानूनी बृत्तमा हुने छ ।

बुधवार न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले उमेहर हदको कारण पराजुलीले अवकास पाएको पत्र दिएका थिए । अवकासको पत्र राष्ट्रपति पदको सपथ ग्रहणको बेला दिएको थियो । तर,राष्ट्रपतिको दोस्रो कार्यकालको लागि विद्यादेवी भण्डारीले गोपाल पराजुलीसँग सपथ गरेकी थिइन् ।

पदबाट मुक्त भएको पत्र पाएपछि पराजुलीले बुधवार बेलुका बिबिसी नेपालीसँगको कुराकानीमा आफु बिहीवार अदालत जाने र पेशी तोक्ने बताएका थिए । तर,पेशी भने कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले तोकेका थिए ।

पराजुलीले बुधवार राती नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए ।


क्लिकमान्डु