अखिलको महासचिवमा वसिम आलमको चर्चा




काठमाडौं । अनेरास्ववियुका केन्द्रिय अध्यक्ष नविना लामा सांसद भएसँगै अखिल पुनगठनको बहस चुलिएको छ । अध्यक्ष लामा संसदमा निर्वाचित भएकाले अखिललाई नयाँ संरचनामा लग्ने बहस अगाडि बढेको हो ।

अखिल पुनर्गठनको बहसको क्रममा महासचिव पदममा भने वसिम आलमको चर्चा हुन थालेको छ ।

उनी अनेरास्ववियु केन्द्रिय कमिटी सचिवका साथै प्रदेश नम्बर १ का इञ्चार्ज पनि हुन् । अल्पसंख्यक मुस्लिम समुदायका प्रतिनिधी समेत रहेका उनलाई अनेरास्ववियु भित्र वौद्धिक व्यक्तित्व मानिन्छ ।

प्रदेश नम्बर १ को इञ्चार्ज बनेपछि उनले त्यहाँ संगठनलाई गुट भन्दा माथी उठाएर बिधिमा सञ्चालनको प्रयास गरिरहेका छन् । लामो समयदेखि सम्मेलन हुन नसकेको झापा जिल्लाको सम्मेलनलाई त्यसकै उदाहरण मान्न सकिने अखिलकै कार्यकर्ताहरुको दाबी छ ।

मिलनसार, वौद्धिक र सन्तुलनकारी भूमिका प्रस्तुत हुने आलमले प्रदेश नम्बर १ मा गुट न्युनीकरणमा ठुलो योदान दिँदै आएका छन् ।

हाल सात वटा प्रदेशमध्ये एक नम्बर प्रदेश नै सबै भन्दा सक्रिय रहेको अनेरास्ववियु भित्रै चर्चा हुने गरेको छ । गुटगत असन्तुलन मिलाएर संगठनलाई बिधीबाट सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्ने आलमलाई पार्टी अध्यक्ष केपी ओली देखि बरिष्ठ नेता माधव नेपालसम्मले विश्वास गर्ने बताइन्छ ।


क्लिकमान्डु