प्याक्टको पैसा खाएर भागे १३ आयोजना, १५ दिनभित्रमा उपस्थित हुन सार्बजनिक सुचना




काठमाडौं । व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले दिएको रकम लिएर १३ आयोजना बेपत्ता भएका छन् । पैसा लिएर आयोजना नै बेपत्ता भएपछि प्याक्टले ती संस्थालाई १५ दिन भित्र रकम दाखिला गरी सम्पर्कका आउन भनेको छ ।

विभिन्न मितिमा सम्झौता गरी रकम दाखिला नगरेका त्यस्ता व्यवसायिक संस्थालाई सम्पर्कमा नआए कारवाही गर्ने चेतावनी समेत आयोजनाले दिएको छ ।

ती संस्थाको कार्य सम्पादनको आधारमा मूल्यांकन गर्दा तोकिए बमोजिमको काम नगरेको तथा विवरण नबुझाएको भन्दै तत्काल विवरण बुझाई रकम दाखिला गर्न भनिएको हो ।

प्याक्टले लालीगुराँस तरकारी उत्पादन महिला कृषक समूह सिपाली काभ्रेका मिनाकुमारी शाहीलाई ३ लाख २८ हजार ५०० रुपैयाँ, महिला बाख्रा पालन समिति कनकपुर रौतहटका महेन्द्रराय यादवलाई ३ लाख २० हजार १५५ रुपैयाँ, न्यूसेती दुग्ध संकलन केन्द्र कैलालीका दुर्गाबहादुर बमलाई ६ लाख ९८ हजार रुपैयाँ र अन्नपूर्ण हर्बल कम्पनी प्रालि कैलालीका सिता शाहीलाई ७ लाख ४ हजार ६६३ रुपैयाँ रकम दाखिला गर्न भनेको छ ।

यस्तै जनज्योति पशुपंक्षी पालन कृषक सहकारी संस्था दाङका मुल्धन रोका मगरलाई ६ लाख १३ हजार ५०० रुपैयाँ, सम्राट एण्ड दीप पोल्टी फर्म सुर्खेतका दिपकुमार राईलाई २ लाख ५०० रुपैयाँ, मेहनती कृषक समूह कपिलवस्तुका यशोदा शुक्लालाई १ लाख ३१ हजार १६८ रुपैयाँ, स्वाबलम्बी कृषि तथा पशुपालन सहकारी संस्था मुरलीभन्ज्याङ धादिङका सूर्यबहादुर लामिछाने मगरलाई १४ लाख ६५ हजार ९८३ रुपैयाँ र भूसाल एग्रो टे«डिङ चैनपुर चितवनका पूर्णदत्त जैशीलाई ७ लाख ४४ हजार ९९३ रुपैयाँ १५ दिन भित्र दाखिला गर्न भनिएको छ ।

आयोजनाका अनुसार प्रगतिशिल कृषक समूह पटियाही रौतहटका अर्जुनराय यादवलाई ७ लाख ४४ हजार ३३६ रुपैयाँ, जनज्योति किसान कृषक समूह जमुनीया सर्लाहीका राजदेव रायलाई ६ लाख ७१ हजार ९ सय रुपैयाँ, नन्दनी गाई फार्म मलगंवा सर्लाहीका शिवजीप्रसाद साहलाई १ लाख ६० हजार २ सय रुपैयाँ र साना किसान कृषि जागरण सहकारी संस्था बर्दिबासका विष्णु तामाङलाई २ लाख ४२ हजार १५० रुपैयाँ दाखिला गर्न भनिएको छ ।


क्लिकमान्डु