दिपकराज जोशीले कामू प्रधान न्यायाधीशको रुपमा पेशी तोके



काठमाडौं । सर्वोच्च अदालतमा कामु प्रधान न्यायाधीशकोरुपमा बरिष्ठ न्यायाधीश दिपकराज जोशीले पेशी तोकेका छन् ।

सर्बोच्च अदालतको वेवसाइटमा प्रधान न्यायाधीशको रुपमा गोपाल प्रसाद पराजुलीको नाम हटाइएको छ ।

कामु प्रधान न्यायाधीशमा दिपकराज जोशीको नाम राखिएको छ । प्रधान न्यायाधीशले अवकास पाएपछि बरिष्ठ न्यायाधीश स्वत कामु प्रधान न्यायधीश बन्ने व्यवस्था छ ।

न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले बुधवार गोपाल पराजुली उमेर हदको कारण अवकास पाएको पत्र दिएका थिए ।
बिबिसी नेपाली सेवासँगको कुराकानीमा अवकासको पत्र पाएका पराजुलीले आफुले बिहीवारको बेन्च तोक्ने र सर्बोच्च जाने बताएका थिए ।


पुष्प दुलाल