गुण्डा नाइके गणेश लामा पक्राउ



काठमाडौं । नेपाल प्रहरीले ‘गुन्डा नाइके’ गणेश लामालाई पेस्तोलसहित पक्राउ गरेको छ।

काठमाडौंको गौशालामा रहेको पशुपति भिजन होटलबाट लामालाई प्रहरीले पेस्तोल सहित केही समय अगाडि पक्राउ गरेको हो ।

होटलमा गोली चलेपछि प्रहरी पुगेको थियो । नेपाली कांग्रेसका नेता समेत रहेका लामालाई गौशाला प्रहरीमा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।


क्लिकमान्डु