सांग्रीला डेभलपमेन्ट बैंकको १० दिने अभिमुखिकरण तालिम



काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंकले आफना कर्मचारीहरुलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालीम दिएको छ ।

नबनियुक्त कर्मचारीहरुलाई शाखामा पठाउनु भन्दा पहिले सामाजीकरण गराउने र बैंक सम्बन्धित कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने र सिकाउने उदेश्यले यो अभिमुखीकरण तालीम राखिएको बताइएको छ ।

तालिममा नबनियुक्त ५५ जना कर्मचारी सहभागी भएका थिए । उक्त तालीममा कम्युटर तालिम लगायत क्रेडीट, कस्टमर सिर्भीस, टेलर व्यावस्थापन, नक्कली नोट, सिग्नेचर भेरिफिकेसन् लगायतको बारेमा तालीम दिईएको नायव कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

१० दिने कार्यक्रमको समापन कार्यक्रममा बोल्दै बैंक प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले यस किसिमको तालिमले नबनियुक्त कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याउनु पर्ने बताए ।

संस्थाले कर्मचारीको बृत्ती बिकास तथा तालीमको लागि भबिष्यमा लर्नीङ्ग सेन्टरको बिकास गर्ने रणनीति सहीत कार्यक्रम गर्दै आएको नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

कार्यक्रममा सहभागी कर्मचारीहरुले तालिम निकै फलदायी भएको बताए । बैंकले छिट्टै देशका बिभिन्न स्थानमा २२ ओटा नयाँ शाखाहरु खोल्दै छ । नयाँ शाखाहरु संचालन पछि सस्थाको शाखा संजाल देशभर गरि ५८ ओटा पुग्ने बिभागिय प्रमुख निर्मल कुमार श्रेष्ठले बताए ।


क्लिकमान्डु