राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुनः निर्वाचित, ३९ हजार २७५ मतभार प्राप्त
काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी भएकी छन् ।
उनले ३९ हजार २७५ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत दीलप्रसाद श्रेष्ठले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरेकि थिर्इन् ।
सो निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो ।
संघीय संसद्का ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गरेका थिए। कूल मतदातामध्ये संघीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित थिए।