बङ्ला एयरको जहाज दुर्घटनामा ४९ जनाको मृत्यु भएको पुष्टि, २२ घाइते



काठमाडौं । सोमबार दिउसो त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा भएको यूएस बङ्ला एयरको जहाज दुर्घटना हुँदा ज्यान गुमाउनेहरुको संख्या ४९ पुगेको छ ।

विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार दुर्घटना भएको सो जहाजमा चालक दलका सदस्यसहित जम्मा ७१ जना सवार थिए । जसमध्ये साँझ ६ बजेसम्मको अपडेटअनुसार ४९ जनाको मृत्यू भइसकेको छ भने २२ जना घाइते भएका छन् ।

सो जहाजमा ३७ जना महिला र ४ जना बालबालिका पनि सवार थिए । बंगलादेशको ढाकाबाट काठमाडौं आएको सो जहाजमा ३३ जना नेपाली यात्रुहरु थिए ।

दिउसो २ः२० बजे अवतरण गर्ने क्रममा रन वे मा चिप्लिएर जहाज दुर्घटना भएको थियो ।


पुष्प दुलाल