त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा यूएस बङ्ला रनवे बाहिर दुर्घटना




काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा यूएस बङ्लाको विमान दुर्घटना भएको छ । विमानस्थलमा अवतरणको क्रममा विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको हो ।

ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो।

विमानमा ७६ जना यात्रु सवार थिए । सुरक्षाकर्मीहरुले उद्धारको कार्य जारी राखेका छन् ।

दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ।


क्लिकमान्डु