अर्बपतिको सूचीमा घरजग्गा व्यवसायीको बर्चश्व, विश्वका १० घरजग्गा व्यवसायी कस्को सम्पति कति ?



एजेन्सी । नेपालका घरजग्गा व्यवसायीहरु धमाधम टाट पल्टिरहेका छन् । नेपालका ठूला घरजग्गा व्यवसायी सुधीर बस्नेतले आफ्नो व्यावसायिक करियर नै गुमाए ।

राजेन्द्र शाक्यलगायतका व्यवसायीहरु भने जसोतसो बचे । अर्बपति बन्ने सपना साँचेर घरजग्गा व्ययवसायमा हाम फालेका नेपाली व्यवसायीहरु उल्टै टाट पल्टिए ।

तर, विश्वमा भने घरजग्गा व्यवसायीहरु नै ठूला धनाड्य बन्ने गरेको एक तथ्यांकले पुष्टि गर्छ । प्रख्यात अमेरिकी म्यागेजिन फोब्र्सले केही दिनअघि सार्वजनिक गरेको विश्वका अर्बपतिको सूचीमा घरजग्गा (रियल स्टेट) व्यवसायीको वर्चश्व रहेको छ ।

विभिन्न विधामा फोब्र्सले अर्बपतिको सूची सार्वजनिक गर्ने गरेको छ । यो वर्षको अन्य विधालाई पछि पार्दै रियल स्टेटतर्फका २ सय ४३ रियल स्टेट व्यवसायी अर्बपतिको सूचीमा दरिएका छन् ।

विश्वका अर्वपतिको सूचीमा २४औ स्थानमा रहेका चिनियाँ नागरिक वी का याङ घरजग्गा व्यवसायी हुन् । चाइना इिभ्रि ग्रान्डी ग्रुप अफ सेङझाङका अध्यक्ष रहेका वी को सम्पति ३०.३ बिलियन अमेरिकी डलर रहेको छ ।

अर्बपतिको सूचीमा रहेका हङकङका नागरिक ली साओ कि पनि रियल स्टेट व्यवसायी हुन् । उनी पनि विश्वका अर्वपतिको सूचीमा २४औं नम्बरमै छन् । उनको पनि चिनियाँ नागरिक वी कै जति ३०.३ बिलियन अमेरिकी डलर सम्पत्ति रहेको छ ।

विश्वका अर्वपतिको सूचीमको २६औं स्थानमा रहेका चिनियाँ नागरिक वाङ जियानलिन पनि रियल स्टेट व्यवसायी हुन् । उनको सम्पत्ति ३० बिलियन डलर रहेको छ । त्यस्तैगरी अर्वपत्ति सूचीको ४३औं नम्बरमा रहेकी चिनियाँ नागरिक याङ हुयान पनि रियल स्टेट व्यवसायी हुन् । उनको सम्पत्ति २१.९ बिलियन अमेरिकी डलर रहेको छ ।

फोव्र्सको अर्बपति सूचीमा ७५औं स्थानमा रहेका हङकङका नागरिक जोशेफ लाऊ पनि रियल स्टेट व्यवसायी नै हुन् । उनको सम्पति १६.७ बिलियन अमेरिकी डलर रहेको छ ।

अर्बपतिको सूचीमा ७७औ स्थानमा रहेका थोमस रेमन्ड क्वाक पनि हङकङकै रियल स्टेट व्यवसायी हुन् । उनको सम्पत्ति १६.५ बिलियन अमेरिकी डलर रहेको छ । त्यस्तै अर्बपतिको सूचीमा ८०औं स्थानमा रहेका अमेरिकी नागरिक डोनाल्ड ब्रेन पनि रियल स्टेट व्यवसायी हुन् । उनको सम्पति पनि १६.३ बिलियन अमेकिरी डलर रहेको छ ।

अर्बपतिको सूचीमा ८८औं स्थानमा रहेका बेलायतका डेभिड एन्ड सिमोन रेबन पनि रियल स्टेट व्यवसायी हुन् । उनको सम्पति १५.५ बिलियन रहेको छ ।

त्यस्तैगरी अर्बपतिको सूचीमा १ सय २२औ स्थानमा रहेका हङकङका नागरिक पिटर ऊ पनि रियल स्टेट व्यवसायी हुन् । उनको सम्पति १२.२ बिलियन अमेरिकी डलर रहेको छ ।

अर्बपतिको सूचीमा १ सय २७औं स्थानमा रहेका जर्मनीका एलेक्सजेन्डर ओटोको सम्पति ११.८ बिलियन अमेरिकी डलर रहेको छ । उनी पनि रियल स्टेट व्यवसायी हुन ।

फोब्र्सले सार्वजनिक गरेका अर्बपतिहरुको सूची २०१८ को फेबु्रअरी सम्म कायम भएको सम्पत्तिको आधारमा तयार पारिएको हो । म्यागेजिनले उक्त दिनको सेयर मूल्य र विनियम दरको आधारमा सूची तयार पारेको हो ।


पुष्प दुलाल