कोरिया जाने सोचमा हुनुहुन्छ ? जेठ २६ र २७ गते भाषा परीक्षा, यसरी गर्नोस् तयारी



काठमाडौ । रोजगार अनुमति प्रणनली (ईपीएस) कोरिया शाखा नेपालले दक्षिण कोरियामा रोजगारीका लागि जान इच्छुक कामदारको भाषा परिक्षा जेठ २६ र २७ गते लिने भएको छ ।

नवौ इपीएस भाषा परिषा काठमाडौं र पोखरामा हुनेछ । भाषा परीक्षामा सहभागी हुनका लागि इच्छुक कामदारले यही चैत ८ गतेदेखि चैत १७ गतेसम्म अनलाइन आवेदन दिनु पर्ने हुन्छ । अनलाइन आवेदन दिनका लागि कामदारले ग्लोबल आइएमई बैंकको जुनसुकै शाखाबाट २४ डलर भुक्तानी गनुपर्ने हुन्छ ।

कोरियाले सन्२०१९ को लागि नेपालबाट करिब ७१ सय कामदार लैजाने छ । जसमा उत्पादनमुलक क्षेत्रमा ४८ सय र कृषिफर्ममा लागि २३ सय कामदार लैजाने छ । रोजगारीका लागि कोरिया जान चाहाने कामदारले धधध।भयभचक।भउकलभउब।िनयख।लउ मा गइ अनलाइन आवेदन भनुपर्छ ।

अनलाइन आवेदन दिन चाहने कामदारको उमेर १८ वर्ष पुरा भएको तर ३९ ननाघेको हुनुपर्छ । अनलाइन आवेदन दिँदा नै कामदारले परीक्षा केन्द्र रोज्नु पर्छ ।

तर, काठमाडौं र पोखरामा परीक्षा सञ्चालन हुने भएपनि पोखराको लागि १२ हजार आवेदन मात्र लिने इपीएस शाखाले जनाएको छ । आवेदन गर्नका लागि पासपोर्टको फोटो भएको पेजको रंगिन स्क्यान गरेर अपलोड गर्नुपर्ने शाखाको भनाइ छ ।

राहदानी बाहेक अन्य कागज पत्रलाई मान्यता दिनेछैन । आवेदन फारक भर्ने आवेदकले अनिवार्य रुपमा मोबाइल नम्बर र जीमेल आइडी उल्लेख गर्नु पर्छ । भाषा परीक्षा दुई पूणाङ्कको हुनेछ । जसमा पढाइ १ सय र सुनवाई एक सयको हुनछ ।

एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै फारम भर्न सक्नेछन । जसमा उतपादनमुलकतर्फ एसेम्बल, मेस्युर्स र जोइनमध्ये एक उपक्षेत्र रोजनुपर्छ भने कृषितर्फ कृषि र लाइभस्टक मध्ये एक रोज्नुपर्छ । यही सबै प्रक्रिया पुरा गरी भाषा परीक्षाका छनोट भएकाको सिप परीक्षण हुने छ । भाषा परीक्षामा छनोट हुँदैमा कोरिया जान पाउने निश्चित नहुने शाखाको भनाइ छ ।

सन् २००८ देखि अहिलेसम्म ६० हजारभन्दा बढी युवा रोजगारीका लागि कोरियाका पुगिसेका छन् ।

देशभित्रै रोजगारीका अवसर सिर्जना नहुँदा प्रत्येकवर्ष नेपाली युवा बिदेसिने क्रम बढ्दो छ । वैदेशिक रोजगारीका लागि कोरिया जाने युवा अन्य देशमा जानेभन्दा शिक्षित वर्गका नै छन् । पछिल्लो समय स्नाकोत्त र देखि स्नातक पास गरेको युवाको रोजाइमा कोरिया परेको छ ।

कामका लागि विदेश पलायन हुने युवाको संख्या बढ्दै जाँदा देशभित्रै निर्माणधीन राष्ट्रिय गौरवका आयोजनासमेत प्रभावित हुँदै गएका छन् । यी आयोजनामा काम गर्न कामदार विदेशबाट ल्याउनु पर्ने अवस्था आएको छ ।

पछिल्लो समय सरकार आफैंले घोषणा गरेर दक्ष कामदार कोरिया पठाउँदै आएको छ । कामका लागि कोरिया जानेले खाडी मुलकभन्दा केही बढी कमाउने अवसर प्राप्त गरेका छन् । सरकारले सन् २००७ देखि दुई देशबीच श्रम सम्झौता गरी न्यूनतम एक लाख रुपैयाँमा नेपाली कामदार कोरिया पठाउँदै आएको छ ।

कोरियामा काम गर्ने नेपाली कामदारले पनि मासिक एक लाखदेखि डेढ लाख रुपैयाँ आम्दानी गर्छन् ।


पुष्प दुलाल