बाम घोषणापत्रको बिरुद्धमा अर्थमन्त्री खतिवडा, भने- सामाजिक सुरक्षा भत्ता नगदमा बाँड्नु हुँदैन



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा आफ्नै पार्टीको घोषणापत्रको विरुद्धमा उभिएका छन् । सांसद नहुँदा नहुँदै पनि एमाले अध्यक्ष केपी ओलीले अर्थमन्त्री बनाएका खतिवडाले एमालेकै नीतिको विरुद्धमा अभिव्यक्ति दिएका हुन् ।

एमालेले चुनाबमा जाँदा अहिले मासिक २ हजार रहेको वृद्धभत्तालाई बढाएर ५ हजार रुपैयाँ पुर्याउने घोषणा गरेको थियो ।

यस्तै नाराका कारण बाम गठबन्धनले प्रष्ट बहुमत ल्यायो । र, खतिवडाले अर्थमन्त्री बन्ने अबसर पाए ।

तर, बाम गठबन्धनले घोषणा पत्रमा भनेजसरी सामाजिक सुरक्षा भत्ता नगदमै बाँडन नहुने खतिवडाले बताएका हुन् ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षामा बोल्दै खतिवडाले अब सामाजिक सुरक्षा नगदमा बाँड्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए ।

‘हामी सामाजिक सुरक्षाको मामिलामा उदार भयौँ, जस अपजस म पनि लिन्छु। तर, अब नगद मात्रै बाँड्ने कुरा निरुत्साहित गर्नुपर्छ । हामी यसलाई व्यवस्थित गर्छौँ,’ खतिवडाले भने।


क्लिकमान्डु