यो वर्ष झन्डै २ खर्ब बजेट खर्च गर्न सक्दैनौंः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले यो वर्ष करिब २ खर्ब बजेट खर्च गर्न नसक्ने बताएका छन् । चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गर्दै मन्त्री खतिवडाले यो वर्ष बजेटको ८७.६७ प्रतिशत मात्रै खर्च हुने जानकारी दिए ।

चालू आर्थिक वर्षका लागि सरकारले गत जेठ १५ गते १२ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमध्ये १० खर्ब ८२ अर्ब रुपैयाँमात्रै खर्च गर्न सकिने र १ खर्ब ७९ अर्ब रुपैयाँ खर्च गर्नै नसकिने खतिवडाले जानकारी दिए ।

सरकारले ठूलो आकारको बजेट ल्याए पनि खर्च गर्ने क्षमता बढाउन नसक्दा भएको बजेट पनि खर्च हुन नसकेको हो ।


क्लिकमान्डु