होलिको रंग भारतबाट, पिचकारी चीनबाट



काठमाडौं । रंगहरुको पर्व होली लागि सक्यो । भोली काठमाडौं सहित पहाडी जिल्ला र पर्सी तराईका जिल्लामा होली खेलिन्छ ।

होलीमा रंगिविरंगी रंगहरुमा मानिसहरु रंगिने गर्छन् । त्यसैले होलीमा पानीभन्दा पनि रंगको बढी प्रयोग भएको पाइन्छ ।

विस्तारै सरकारले पनि पानी बचाउनका लागि भनी लोला तथा पानी छ्याप्न नपाउने भन्दै रंगको मात्र प्रयोग गर्न आवहान दिदै आएको छ ।

होलीमा विशेष गरी ९ वटा रंगहरु प्रयोग हुने गर्छन् । रातो, पहेलो, निलो, हरियो, कालो, सेतो, थुन्तला, गुलाबी र प्याजी रंगहरु गोलीमा विशेष गरी आउने गरेको कान्तिपुर डाइकप सेनटरका रंग बेच्दै आएका छबी आलेले बताए ।

१५ वर्षदेखि ठमेलमै व्यापार गर्दै आएका आलले भने ‘सबै जसो रंगहरु भारतबाट आउँछ, व्यापार भएन र स्टक रहे पनि फिर्ता गर्न मिल्दैन, लगानी उठाउनलाई तिहार नत्र अर्को होली पर्खिनु पर्छ ।’

हाल यो वर्ष आफुले ५ केजी मात्र रंग भित्राएको उनले बताए ।

होलीमा रंगहरु प्रतिकेजी २ सय देखि ३ सय रुपैयाँ प्रतिकिलोमा विक्री हुने गरेको छ । यस्तै पानीमा घोलेर लगाउने रंगहरु भने रातोको ६ सय रुपैयाँ, निलोको ८ सय र हरियोको १ हजार रुपैयाँसम्म पर्न जाने उनले बताए ।

यो वर्ष होलीका लागि भनी गोल्डेन र सिल्भर रंगभने नआएको आलेले बताए । प्रति व्यक्ति रंग किन्दा २ सय देखि ४ सय रुपैयाँसम्म किन्ने गरेको तर ग्रुप वा कुनै संस्थाले भने किन्दा खेरी एकै चोटी २ देखि ४ हजार रुपैयाँसम्मको रंग किन्ने गरेको आलेले बताए ।

यस्तै होलीमा प्रयोग हुने पिचकारी भने चीनबाट आउने गरेको छ ।


क्लिकमान्डु