४३ जना पाइलटका लागि वायु सेवा निगममा जागिर खुल्यो, नेपालीलाई तलबमै समस्या



काठमाडौं । पाइलट अभाव झेल्दै आएको नेपाल वायुसेवा निगमले एकैपटक ठूलो संख्यामा पाइलटको लागि आवेदन मागेको छ ।

दुई ठूला वाईड बडी जहाज खरिद प्रक्रियामा रहेको निगमले क्याप्टेन र को-पाइलट गरी ४३ जानको लागि कारारमा आवदेन मागेको हो । निगमले साना र ठूला जहाज उडान गर्नका लागि आवस्यक पाइलटको माग गर्दै मंगलबार सूचना प्रकाशन गरेको छ ।

निगमेल खरिद गर्न लागेको एयरबस ३३०-२०० सिरिजका दुई थान वाइडबडी जहाज उडान गर्नका लागि ६ जना क्याप्टेन र ६ जना को-पाइलटको लागि आवेदन मागेको छ ।

त्यस्तैगरी हाल उडान गर्दै आएको न्यारोबडी ३२०-२०० सिरिजको जहाजका लागि ४ जना क्याप्टेन र ४ जना को–पाइलटको माग गरेको छ । त्यस्तैगरी बोइङ ७५७ जहाजको लागि ६ जना क्याप्टेन र ६ जना को–पाइलटको माग गरेको छ ।

त्यस्तैगरी सवैभन्दा ठूलो समस्या व्योहोर्दै आएको चिनियाँ जहाज वाई–१२ इ जहाज र ट्विनटर जहाज को लागि ११ जना क्याप्टेन माग गरेको छ । त्यस्तैगरी चिनियाँ जहाज एमए–६० जहाजको लागि ४ जना क्याप्टेन माग गरेको छ ।

आवेदन पर्ला ?

निगमले केही महिना अगाडी २४ जना क्याप्टेन र को–पाइलटका लागि आवेदन माग्दा ६ जनाले मात्रै आवदेन बुभाएका थिए । यसपटक पनि ४३ जनाको लागि आवदेन मागेकोमा सवैमा आवेदन पर्नेमा ढुक्क हुनसक्ने ठाऊ भने नभएको निगमकै अधिकारीहरु बताउँछन् । निगमसंग हाल आन्तरिक उडानको लागि ६ थान चिनियाँ जहाज र दुई थान ट्विनटर जहाज छन् ।

त्यस्तैगरी अन्तर्राष्ट्रिय उडानको लागि दुई थान न्यारोडबडी जहाज एयरबस ३२० दुई थान तथा बोईङ ७५७ एक थान रहेका छन् । जसमा एयरबस ३२० जहाजको इन्जिनमना समस्या आएपनि दुई महिना अगाडी देखि मर्मतकै प्रक्रियामा रहेको छ । निगमले खरिद गर्न लागेका दुई थान वाइडबडी जहाज एयरबस ३३० जहाज जेठ महिनामा नेपाल आउँदै छ । जसका लागि ठूलो संख्यामा पाइलटको आवस्यकता पर्ने देखिन्छ ।

तलवमै समस्या

निजी वायुसेवा कम्पनीहरुले आर्कषक तलव र सेवा सुविधा दिने गरेका कारण निगममा सदाबाहार पाइलट अभाव हुने गरेको छ । निगममा विदेशीलाई ११ लाख मासिक तलव दिदाँ स्वदेशी पाइलटको लागि मुस्किलले ४ लाख हुने गरेको छ । जसका कारण पनि पाइलटहरु निगमप्रति आर्कषित हुन सकेका छैनन् ।

निगमले विदेशी एक जनाको लागि ११ हजार डलर खर्च गर्ने गरेको छ । पाइटल अभाव हुदाँ जहाज पूर्णक्षमतामा संचालन गर्न नसकेपछि निगमले लाखौ आम्दानी गुमाउँदै आएको छ ।


पुष्प दुलाल