अर्थमन्त्री खतिवडाको नीतिलाई पर्ख र हेरमा सेयर लगानीकर्ता



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक मंगलबार ५.८६ अंकले उकालो लागेको छ ।

धेरैपछि सेयर बजार परिसूचक बढेपनि लगानीकर्ता भने नयाँ अर्थमन्त्रीसँग आश्वस्त हुन भने नसकेको देखिएको छ ।

खतिवडा ५ वर्ष गभर्नर रहँदा सेयर बजारका बारेमा लगानीकर्ताले अपेक्षा गरेको भन्दा फरक अभिव्यक्ति दिने गर्ने । यद्यपी सेयर बजार घट्ने र बढ्नेमा अरुमा पनि कारण हुन्छन् ।

सेयर बजारका लगानीकर्ताका अनुसार अर्थमन्त्री खतिवडाको नीति अनुसार बजार घट्ने र बढ्नेमा प्रभाव पार्न सक्छ । अहिले त्यसैपनि सेयर बजारमा बिक्रीको चाप बढी छ । सूचिकृत कम्पनीको बोनस र हकप्रदको कारण सेयर बजारमा मागको तुलनामा आपूर्ति बढी छ । बैंक ब्याजदर समेत बजारलाई सहयोग गर्ने खालमा आएको छैन ।

सोमबार सबैभन्दा बढी होटल समूहको परिसूचक उकालो लागेको छ । होटल समूहको ३१.२६ अंकले परिसूचक बढेको छ । बैकिङ ५.८६,वित्त ३.०३ अंकले उकालो लागेको छ । नेप्सेमा आज ५५ करोडको कारोबार भएको छ ।

यस्तै आजको कारोबारमा सबैभन्दा बढी १०.४१ अंकले ओरालो लागेको छ।
आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।


क्लिकमान्डु