प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञमा दाहाल नियुक्त

406
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा महिला पत्रकार, तथा लेखक दिपा दाहाल नियुक्त भएकी छन् ।

प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा पत्रकार दाहाल शुक्रबार नियुक्त भएकी हुन् ।

करिब दुई दशकदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेकी छन् । दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया र अनुसन्धानमा भूमिका निर्वाह गर्नेछिन् ।

दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन विधामा करिब २० वर्षभन्दा बढिको व्यवसायीक पत्रकारिताको अनुभव छ ।

उनले पछिल्लो समय उकालो डटकममा वरिष्ठ संवाददाताको रूपमा खोज पत्रकारिता गर्दै आएकी थिइन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्यमकन्या बहुमुखी क्याम्पसमा विगत सात वर्षदेखि पत्रकारिता अध्यापन गराउँदै आएकी दाहालले पत्रकारिता,सञ्चार सिप र मौलिक नेतृत्व(अथेन्टिक लिडरसिप) नेतृत्वको प्रशिक्षक समेत हुन् ।