
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई तानातान गरी हैरानी दिने १८ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ट्याक्सी चालक र विभिन्न होटलका प्रतिनिधिहरू रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार, विमानस्थल क्षेत्रमा अनावश्यक भीडभाड गर्ने र यात्रुलाई दुःख दिने गरेको जनगुनासो र निगरानीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूको नामावली र ठेगाना :
१. सूर्य माझी, सर्लाही (हाल) सिनामंगल
२. एकेश तामाङ, बाँके (हाल: एयरपोर्ट)
३. प्रेमकुमार मगर, पाँचथर (हाल: एयरपोर्ट)
४. राजकुमार राई, सिन्धुली (हाल: नयाँबस्ती)
५. मंगलमान घलान, मकवानपुर (हाल: एयरपोर्ट)
६. खगेन्द्र लिम्बु, पाँचथर (हाल: टोखा)
७. आशिष खतिवडा, मोरङ (हाल: एयरपोर्ट)
८. विश्व मोक्तान, मकवानपुर (हाल: शम्भुमार्ग)
९. वीरेन्द्र झा, धनुषा (हाल: एयरपोर्ट)
१०. लडा मिया, सिराहा (हाल: तिलगंगा)
११. परशुराम राई, नयाँ बसपार्क
१२. सन्तु तामाङ, रामेछाप (हाल: भक्तपुर)
१३. रघुवीर शाह, धनुषा (हाल: तिलगंगा)
१४. राजीवकुमार रावत, महोत्तरी (हाल: तिलगंगा)
१५. सरोजकुमार महतो, धनुषा (हाल: गौशाला)
१६. अजय लामा, मकवानपुर (हाल: काँजी गौशाला)
१७. केशव लिम्बु, झापा (हाल: सिनामंगल)
१८. रामप्रसाद जोशी, बझाङ (हाल: सिनामंगल)
१९. बिमलराज जोशी, बझाङ (हाल: कीर्तिपुर)








प्रतिक्रिया