यस्तो छ नवनियुक्त अर्थमन्त्री डा. खतिवडाको प्रतिबद्धता
सर्वप्रथम मलाई राष्ट्रियसभामा नियुक्त गर्नुहुने सम्मानिय राष्ट्रपति ज्यूलाई धन्यवाद् । यस्तै मलाई अर्थमन्त्रीको जिम्मेवारी दिनुहुने सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूलाई धन्यवाद् ।
मान्छेको क्षमताको पहिचान असहज स्थितीमा हुन्छ । अहिले देशको अर्थतन्त्र असहज स्थितीमा छ । म आफुलाई विकासको चिन्तक गर्ने व्यक्ति भनेर भन्छु । पदमा हुँदापनि नहुँदापनि विकासको बारेमा चिन्तन गरिरहेको हुन्छु । मेरा केही मान्यता छन् त्यसमा रहेर काम गर्ने हो ।
केही नयाँ कुरा बाहेक काम गर्दा हिजोको कुरालाई नै निरन्तरता दिने हो । यसमा प्रधानमन्त्री ओली ज्यूबाट आउने निर्देशनबाट पनि हामी काम गर्नुपर्ने हुन्छ ।
प्रधानमन्त्री ज्यूका केही ऐजेन्डा छन् त्यसलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ ।
देशको आर्थिक नीति कस्तो हुन्छ भनेर अब बहस गर्नु पर्दैन । संविधानमा जे उल्लेख छ त्यो अनुसारको आर्थिक नीति चल्ने हो ।
अहिले अर्थतन्त्रमा बिकृति देखिएको छ । वित्तीय अनुशासन कायम छैन । आर्थिक क्षेत्रमा अनुशासन कायम राख्ने मेरो प्रतिबद्धता हो । वित्तीय अनुशासनमा बसेर काम गर्ने हो ।
वर्तमान सरकार निर्वाचनबाट आएको बाम गठबन्धनको सरकार भएको हुँदा निर्वाचन अगाडि जनतासँग गरिएका प्रतिबद्धता पुरा गर्नुपर्ने हुन्छ ।
हामीले अन्तराष्ट्रिय क्षेत्रमा केही प्रतिबद्धता गरेका छौ । विकाशिल राष्ट्रमा लैजाने हाम्रो प्रतिबद्धता छ त्यसलाई हामीले पुरा गर्ने छौ ।
सरकारले संविधान अनुसारको काम गर्ने छ । संविधानले आर्थिक विकासको लागि राज्य निजी क्षेत्र र सहकारी क्षेत्रको साझेदारीमा अगाडि बढ्ने भनेको छ त्यो अनुसार हामीले काम गर्ने हो । सरकारको केही भूमिका हुन्छ त्यसमा सुरक्षा दिने काम राज्यले गर्छ ।
अहिले अर्थतन्त्रमा बिकृति देखिएको छ । वित्तीय अनुशासन कायम छैन । आर्थिक क्षेत्रमा अनुशासन कायम राख्ने मेरो प्रतिबद्धता हो । वित्तीय अनुशासनमा बसेर काम गर्ने हो ।
वित्तीय प्रणालीलाई उत्पादनसँग जोडेर अगाडि बढाउनुपर्छ । त्यसमा हामीले काम गर्ने छौ । अहिले उच्च व्यापारघाटा छ जसले गर्दा शोधानान्तर स्थिती घाटामा गएको छ ।
यस्तै आर्थिक बृद्धिदरलाई अगाडि बढाउने काम निजी क्षेत्रले गर्ने हो । अर्थिक बृद्धिदरको इन्जिन निजी क्षेत्र हो ।
हामीले निजी क्षेत्रको निजी तथा बाह्य लगानी आकर्षित गर्ने छौ । लगानी बढाउनको लागि लगानी बोर्डलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिने छ ।
यस्तै हाम्रो विकासको लागि बैदेशिक सहायता चाहिन्छ । सबै खालका बैदेशिक सहायतालाई देश हित हुनेगरी ल्याएर विकासमा अगाडि बढाइने छ ।
नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाले पदबहालीपछि कर्मचारीलाई निर्देशन दिदै दिएको मन्तब्यको सम्पादित अंश