नवनियुक्त अर्थमन्त्री खतिवडाले भने- निजी क्षेत्र अर्थतन्त्रकाे इन्जिन हो



काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर जाने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहणगर्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको इन्जिन निजी क्षेत्र भएको हुँदा निजी क्षेत्रलाई पनि साथमा लाने बताएका हुन् ।

‘आर्थिक क्षेत्रको इन्जिन निजी क्षेत्र हो । निजी, देशभित्र र बाहिरको लगानी बढाउनु पर्छ,’ उनले भने ।

खतिवडाले सहकारी पनि आफ्नो प्राथमिकतामा रहने भन्दै सबै क्षेत्रको सहकार्यमा अगाडि बढ्ने बताए ।

उनले संरचनागत र नीतिगत सुधार गर्दै अघि बढ्ने र अन्तर्राष्ट्रिय सहयोग पनि राष्ट्रिय प्राथमिकताका आधारमा बढाउने बताए । त्यसका लागि विश्वासको वातावरण पनि बनाउने उनको भनाइ थियो ।

अर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा केहि बिकृती बाँकी नै रहेको भन्दै त्यसलाई सुधार्न आफू लागिपर्ने बताए ।


क्लिकमान्डु