माछापुच्छे बैंकको ढेड करोड ठग्नेलाई पुलिसले समात्यो



काठमाडौं । माछापुच्छे बैंकको एक करोड ४२ लाख रुपैयाँ ठग्नेलाई पुलिसले पक्राउ गरेको छ । बैंकको शाखा कार्यालय पुतलीसडबाट एक करोड ४२ लाख रुपैयाँ लिई फरार रहेका काठमाडौं महानगरपालिका वडा नम्बर ३०, धोविधारा बस्ने ५५ बर्ष हर्ष बज्रर्चायलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीवीआईले) पक्राउ गरेको हो ।

सीवीआईले फागुन ८ गते बज्रर्चायलाई पक्राउ गगिएको हो । उनलाई उच्च अदालत पाटनबाट ७ दिनको म्याद थपगरी बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भईरहेको सीबीआइले जानकारी दिएको छ ।


क्लिकमान्डु