४ लाख घुस माग्ने भक्तपुर मालपोतका अधिकृतलाई अख्तियारले समात्यो



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चुडामणि चापगाईंलाई ४ लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार शाखा अधिकृत चापागाईंलाई आज शिखर खाजा घर कोटेश्वरबाट घुस रकमसहित पक्राउ गरिएको हो ।

एक सेवाग्राहीलाई जग्गा कारोबार मिलाइदिने भन्दै उनले घुस मागेको आयोगको आरोप छ ।


क्लिकमाण्डू