राष्ट्रपतिले गरिन् फागुन २१ लागि संसदको बैठक आह्वान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २१ गते संघीय संसदको बैठक आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले संसद बैठक आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालकाअनुसार राष्ट्रपति भण्डारीले आज उक्त बैठकको आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ –नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७४ साल फागुन २१ गते सोमबारका दिन १६.०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको छ ।


पुष्प दुलाल