डिभि चिट्ठा बन्द नहुने, अमेरिकी संसद्ले गर्यो यस्तो निर्णय



काठमाडौं । अमेरिका प्रवेश गर्ने सजिलो माध्यमको रुपमा रहेको डिभी चिट्ठा बन्द नहुने भएको छ ।

अमेरिकाको माथिल्लो सदनले डिभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षा लगायतका विधेयकलाई अस्वीकृत गरिदिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगाडि सारेका ती विधेयकलाई अमेरिकाको माथिल्लो संसदले अस्वीकार गरिदिएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रपति निर्वाचनको समयदेखि नै डिभीको विरोधमा उभिदै आएका थिए । तर संसद्को पछिल्लो निर्णय पछि ट्रम्पले आफ्नो निर्णयलाई पुनः विचार गर्नुपर्ने देखिएको छ ।

संसद्को पछिल्लो निर्णयलाई राष्ट्रपति ट्रम्पले काम नलाग्ने भन्दै आलोचना गरेका छन् । उनले यसमा भिटो प्रयोग गर्ने अभिव्यक्तिसमेत दिएका छन् ।

उनले यसको समाधान आगामी मार्च पाँचसम्म खोज्न संसदलाई आग्रह समेत गरेका छन् ।

डिभी चिठ्ठा कार्यक्रमअन्तर्गत हरेक वर्ष ५० हजार मानिस अमेरिका प्रवेश गर्ने गरेका छन् ।


क्लिकमान्डु