वायु ऊर्जाबाट २०० गिगावाट आवर ऊर्जा उत्पादन गर्दै चीन, कुन देशको कति ?



काठमाडौँ । सन् २०२० सम्म चीनले वायु ऊर्जाबाबट २०० गिगावाट आवर ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ ।

हाल चीनले ७५ गिगावाट आवसर ऊर्जा वायुबाट उत्पादन गरिरहेको छ । संसारमै सबैभन्दा बढी वायुबाट ऊर्जा उत्पादन गर्ने देशको रुपमा चीन प्रख्यात रहेको छ ।

यूरोपेली मुलुकले हालसम्म ९० गिगावाट आवर ऊर्जा मात्रै वायु ऊर्जाबाट आपूर्ति गर्दै आएको छ । वायु ऊर्जाको क्षमता विस्तारका लागि चीनले देशका विविभन्न ७ स्थानलाई चयन गरेको छ । सुदूर पूर्वी इलाका सिनजियाङलाई चयन गरेको छ ।

विश्वको कुल वायु ऊर्जामा चीनको हिस्सा २६.७ प्रतिशत रहेको छ । अमेरिकाको हिस्सा २२.२ प्रतिशत रहेको छ । यस्तै जर्मनी ११.१ प्रतिशत, स्पेन ८.१ प्रतिशत र भारतको हिस्स ६.५ प्रतिशत रहेको छ ।

ग्लोबल इनर्जी काउन्सिलकाअनुसार चीनले सन् २०३० सम्म आफ्नो कुल ऊर्जाको करिब ४५ प्रतिशत हिस्सामा वायु ऊर्जालाई पु¥याउने लक्ष्य राखेको छ ।

चीनले वायु ऊर्जालाई बढावा दिन सब्सिटीको व्यवस्था गरेको छ । सोही कारण चीनमा वायु ऊर्जामा लागत पनि बढ्दै गएको छ ।

नेपालमा समेत पछिल्ला दिनमा हावाबाट बिजुली उत्पादन गर्ने बिषय निकै चर्चामा रहेको छ । अहिले मोडलको रुपमा साना २।४ वटा आयोजना निर्माण र संचालन भइरहेका छन् ।

हाम्रो भौगोलिक कारणले ठुला आयोजना संभब नहुने तर्क गर्नेहरुसमेत भेट्टिने गरेका छन् ।


क्लिकमान्डु