प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा पदबाट राजीनामा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिने दिएका छन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गरेर देउवाले आजै प्रधानमन्त्री पदबाट राजीनामा दिन लागेको जनाएका छन् ।

देउवाले देशवासीका नाममा सम्बोधन गर्नुअघि मन्त्रिपरिषद्को अन्तिम बैठक बसेको थियो । देउवाले आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री पदबाट दिएको राजीनामा पत्र बुझाउने भएका छन् । केही समयपछि उनी राष्ट्रपति कार्यालय शीतल निवास पुग्ने भएका छन् ।

देउवाले आफ्नो सम्बोधनमा संक्रमणकालीन राजनीति पार लगाएको, तीनै तहको निर्वाचन पूरा गरी संविधानको सफल कार्यान्वयन गरेको उल्लेख गरेका छन् ।


क्लिकमान्डु