साँढे ३ अर्ब लगानी जुटायो दरवाङ्ग म्याग्दी जलविद्युत् आयोजनाले



काठमाडौं । म्याग्दी जिल्लाको म्याग्दी खोलामा निर्माण हुने २५ मेगावाटको जलविद्युत् उत्पादनको लागि वित्तिय व्यवस्थापन सम्झौता भएको छ ।

सानिमा बैंकको नेतृत्वमा प्रभु बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकाश बैंक र महालक्ष्मी विकाश बैंकले ३ अर्व ५० करोडको ऋण लगानी गर्ने भएका हुन् ।

कुल लगानि ५ अर्व १४ करोड लगानी हुने आँकलन गरिएको यस आयोजनाले ३० प्रतिशत सर्वसाधारणमा शेयर जारी गर्ने छ भने, बाँकी रकम प्रमोटरहरुले लगाउने छन् ।

आगामी ३ बर्ष ६ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनामा ५ किलोमिटर सुरुङ निर्माण गर्नु पर्ने छ । पानीको वहाभ ३१.४ घनमिटर प्रतिसेकेण्ड रहेको आयोजनाको ग्रस हेड १०४ मिटर रहेको छ ।

२०० मिटरको पेनस्टक पाईपबाट पावर हाउसमा पानी झारी विद्युत उत्पादन गरिनेछ । पावर हाउस र ईन्टेकसम्म नै सडक पहुँच रहेको परियोजनाको उत्पादित विद्युत् १४ किलोमिटर लामो १३२ केभी ट्रान्समिसन लाईन हुँदै प्रस्तावित डाँडाखेत सवस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिनेछ ।

आयोजनामा एनआरएनए हङ्गकङ्ग समुह, काठमाण्डौ म्याग्दी ईन्भेष्टमेण्ट कम्पनी र ग्लोवल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रवद्र्धक रहको छ ।


क्लिकमान्डु