आफ्नै गाउँमा बसेर बैंकमा जागिर खाने हो ? प्रभु बैंकमा १०० भन्दा बढीलाई अबसर खुल्यो



काठमाडौं । तपाईंलाई आफ्नै गाउँमा बसेर बैंकमा जागिर खाने मन छ ? छ भने तपाईंलाई प्रभु बैंकले यस्तो अबसर ल्याइदिएको छ । तपाईंले फागुन १४ गते साँझ ५ बजेसम्म http://prabhubank.com/career मा गएर आवेदन दिन बैंकमा जागिरका लागि आवेदन दिन सक्नुहुनेछ ।

प्रभु बैंकले आज -माघ २९ गते एक सूचना प्रकाशित गरी ३१ जना बैंक ब्राञ्च म्यानेजर, ३१ जना इन्चार्ज र १ जना एसिस्टेन्ट गरी ६३ जना कर्मचारी माग गरेको छ । त्यसैगरी, बैंकले करिब १०० जनाको हाराहारीमा ट्रेनि एसिस्टेन्टका लागि कर्मचारी मागेको हो ।

स्थानीयलाई विशेष ग्राह्यता दिने बैंकले जनाएको छ ।

बैंकले प्रकाशित गरेको सूचनामा कतिजना ट्रेनि माग गरेको भनेर उल्लेख नगरे पनि सामान्यतया एउटा शाखामा सञ्चालनका लागि कम्तिमा ३ देखि ४ जना टे«नि एसिस्टेन्टको आवश्यकता पर्छ ।

ट्रेनि एसेस्टेनमा जागिर खानका लागि कम्तिमा १२ कक्षा पास गरेको, २५ वर्ष ननाघेको र कम्युटरसम्बन्धी ज्ञान हुनुपर्ने छ ।

ब्रान्च म्यानेजर पदको जागिरका लागि इच्छुक व्यक्तिले म्यानेजमेन्ट फ्याकल्टीमा ब्याचलर डिग्री गरेको हुनु पर्ने छ । ब्राञ्च म्यानेजरका लागि ५ वर्ष अनुभव र साथै कम्प्यूटरको राम्रो ज्ञान हुनुपर्ने छ । २५ देखि ३५ वर्षसम्मका महिला तथा ३० देखि ४० वर्ष उमेर भएका पुरुषहरुले आवेदन दिनसक्ने बैंकले जनाएको छ ।

त्यसैगरी, अपरेसन इन्चार्जका लागि म्यानेजमेन्टमा ब्याचलर डिग्री उत्तिर्ण भएको हुनु पर्ने छ । कम्तिमा पनि २ वर्ष बैंक वा फाइनान्स क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने बैंकले जनाएको छ ।

जुनियर ट्रेनि एसिस्टेनटका लागि आवेदन गर्ने व्यक्तिले १२ पास गरेको हुनुपर्ने छ । २५ देखि ३० वर्षका महिलाहरुले यो पदका लागि फारम भर्न पाउने छन् ।

यी हुन प्रभुले शाखा खोल्ने ३१ गाउँपालिका

बैंकले भोजपुरको अर्जुन र हतुवागढी गाउँपालिका, इलामको सन्दुकपुर गाउँपालिका, सोलुखुम्बुको दुधकोशी गाउँपालिका, धनुषाको मुखियापट्टी मुसरमियाँ गाउँपालिका, सिराहाको भगवानपुर र बरियापट्टी गाउँपालिका तथा बागलुङको तामाखोला, ताराखोला, बरेङ, निसिखोला रबडीगाढ गाउँपालिमा शाखा खोल्नका लागि कर्मचारी मागेको हो ।

त्यसैगरी, कास्कीको माछापुच्छ्रे, मनाङको नासोङ र नेस्याङ, मुस्ताङको डोल्मे, लामाङथाङ र थसाङ गाउँलालिका, त्यस्तै, म्याग्दीको धौलागिरि र राहुगङ्गा, पर्वतको बिहडी, कपिलबस्तुको बिजयनगर, रोल्पाको माडी, दैलेखको भगवतीमाई र गुराँस, डोल्पाको सेफेक्सुण्डो, हुम्लाको खाप्रुनाथ, बैतडीको सिगस, डडेलधुराको नवदुर्गाली र दार्चुलाको ब्यास गाउँपालिकाका लागि कर्मचारी मागेको हो ।


पुष्प दुलाल