१०९ गाउँपालिकामा २ शाखा खोलेपछि मात्रै काठमाडौं र ललितपुरमा बैंकले शाखा खोल्न पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई शाखा खोल्न कडाइ गरेको छ । ७५३ स्थानीय तहहरुमध्ये १०९ ठाउँमा कुनैपनि बैंक जान नमानेपछि राष्ट्र बैंकले ती ठाउँमा बैंक पुर्याउन कडा नीति अबलम्बन गरेको हो ।

अब कुनैपनि बैंकले काठमाडौं र ललितपुर महानगरभित्र एउटा शाखा खोल्नु परेमा ती १०९ स्थानीय तहमा २ वटा शाखा खोल्नुपर्ने भएको छ ।

ंघीय संरचना अनुसार तय भएका ७५३ स्थानीय तहमध्ये हालसम्म ३५२ तहमा वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ । बैंकहरुले बाँकी २९२ तहमा शाखा खोल्ने प्रतिबद्धता गरिसकेका छन् ।

तर, बिकट रहेका १०९ स्थानीय तहमा जान बैंकहरु मानिरहेका छैनन् । त्यसैले राष्ट्र बैंकले यस्तो कडा नीति अबलम्बन गर्नु परेको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए ।

बैंकले सरकारी कारोबारका लागि प्रोत्साहन गर्न तोकिएका स्थानीय तहमा खोलिने शाखालाई प्रति शाखा १ करोड रुपैयाँ एक वर्षको लागि निब्र्याजी सापटी प्रदान गर्ने व्यवस्थालाई निरन्तरता दिइएको छ ।


पुष्प दुलाल