धेरै सेल्फी खिच्नुहुन्छ ? त्यसोभए तपाई रोगी हो, यी हुन् लक्ष्यण



काठमाडौं । के तपाई पनि सेल्फी सोखिन हुनुहुन्छ ? यो खबर सुनेर तपाईलाई अचम्म लाग्न सक्छ । यदि कुनै व्यक्तिलाई २/३ वटाभन्दा बढी सेल्फी लिँदा पनि चित्त बुझ्दैन भने उ एउटा बिमारीको संक्रमणको शिकार भैसकेको हुन्छ ।

भखरै मात्र लन्डनको स्कुल अफ मैनेजमेन्टका विद्यार्थीहरुले गरेको यो रिसर्च इन्टरनेशनल जर्नल अफ मेन्टल हेल्थ एण्ड अडिक्शनमा प्रकाशित भएको हो ।

यो रोगको नाम सेल्फाइटिस हो । रिसर्चकर्ताहरुले रिसर्चका क्रममा सेल्फीसँग जोडिएको यस डिसअडरलाई सेल्फाइटिसको नाम दिएका हुन् । रिसर्चमा सामिल भएकी नटिंंघम यूनिभर्सिटीका मार्क ग्रिफिथका अनुसा बिमारीको बारे जान्नको लागि उनीहरुले विशवको पहिलो ‘सेल्फाइटिस बिहेवियर स्कुल’ पनि तयार पारेका छन् ।

फरक प्रकारको यो अनौठो बिहेवियर स्कुललाई २ सय मानिसहरुले फोकस ग्रुप र ४ सय मानिस माथि सर्वे गरेपश्चात बनाइएको हो । उनका अनुसार धेरै सेल्फी लिने मानिसहरुको व्यवहार बढी नसा लिने मानिसहरुको जस्तै हुने गर्छ ।

यसरी थाहा पाउनुस् सेल्फाइटिक बिमारीः

अध्ययनका अनुसार सेल्फीटिस बिमारीको तिनवटास्तर हुने गर्छ ।

१. प्रतिदिन ३ वटा सेल्फी लिने बानी हुनेगर्छ । तर, त्यो सेल्फी सोसल मिडियामा पोस्ट भने गर्दैनन् ।

२. सेल्फी सोशल मिडियामा शेयर गर्न सुरु गर्नु ।

३. हरेक समय आफ्नो सेलफी सोशल मिडियामा पोस्ट गर्नु । यस्ता मानिस दिनमा ६ पटकसम्म सेल्फी पोस्ट गर्ने गर्छन् ।

अनुसन्धानकर्ताहरुका अनुसार सेल्फाइटिसबाट ग्रसिद मानिसहरु प्राय माफ्नो आत्मा विश्वास, मुड ठिक गर्न, आफ्ना यादहरु राख्न, आफ्नो अस्तित्वको पहिचान दिन र आफुलाई अरुभन्दा अघि राख्नको लागि यसरी घरीघरी सेलफी खिच्ने गर्छन् ।


पुष्प दुलाल