गरिबलाई धनी बनाउने कुलमान फर्मुलाः श्रम गर्नुस्, जलबिद्युतको शेयर लिनुस्



फाइल फोटो

काठमाडौं । तपाईसँग पैसा छैन तर काम गर्न सक्नुहुन्छ भने अब चिन्ता नलिनुस् । तपाईंले श्रम गर्न सक्नुभयो भने मात्रै पनि तपाईले जलविद्युत कम्पनीको शेयर पाउन सक्नुहुने छ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेका केही जलविद्युत् आयोजनामा श्रम गरेकै आधारमा शेयर दिने कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

अति विपन्न वर्गलाई न्यूनतम २ प्रतिशत र अधिकत्तम ५ प्रतिशत शेयर दिने रणनीतिका साथ प्राधिकरणले त्यस्तो योजना ल्याउन लागेको हो ।

‘सबैसँग शेयरमा लगानी गर्ने रकम नहुन सक्छ, त्यही भएर श्रम गरेर भएपनि शेयर पाउने अवस्थाको ग्यारेन्टी गर्न लागेका हौं’ घिसिङले भने ।

प्राधिकरणले आगामी दिनमा निर्माण गर्ने सबैजसो आयोजनामा त्यस्तो योजनालाई कार्यान्वयन गर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

घिसिङकाअनुसार विपन्न वर्गलाई पनि आर्थिक रुपमा सम्पन्न गराउने लक्ष्यका साथ त्यस्तो योजना अगाडि सारिएको हो ।

श्रम गरेर भएपनि बुढेशकालका लागि पेन्सन पाउने अवस्थालाई ग्यारेन्टी गर्न प्राधिकरणले त्यस्तो प्रस्ताव अघिसारेको हो ।

त्यस्तो रणनीतिले ‘जन-जनमा शेयर घर-घरमा बिजुली, जन-जनमा शेयर घर-घरमा आर्थिक समृद्धि’को अवधारणालाई कार्यान्वयन गर्न समेत मद्दत पुग्ने प्राधिकरणको विश्वास छ ।

‘सबैसँग शेयरमा लगानी गर्ने रकम नहुन सक्छ, त्यही भएर श्रम गरेर भएपनि शेयर पाउने अवस्थाको ग्यारेन्टी गर्न लागेका हौं’ घिसिङले भने ।

प्राधिकरणले निर्माण गर्न लागेको माथिल्लो अरुण, उत्तरगंगा, दुधकोशीजस्ता आयोजनामा श्रम गरेकै भरमा पनि शेयर पाउने ग्यारेन्टी गरिने र त्यस्तो कार्यक्रमलाई नियमित रुपमा अगाडि बढाइने उनले जानकारी दिए ।


पुष्प दुलाल