सामसङ जे टू फोरजी मोबाइल बजारमा



काठमाडौं । सामसङ नेपालले सामसङ ग्यालेक्सी जे सिरिज अन्तर्गत जे टू फोरजी (J2 4G) मोबाइल नेपाली बजारमा प्रस्तुत गरेको छ । यसबाट सामसङको फोरजी स्मार्ट समुुहमा नयाँ मोबाइलको प्रवेश भएको छ । यो फोरजी फोनमा सुपर फास्ट इन्टरनेट चलाउन र डाउनलोड गर्न सकिने कम्पनीको भनाई छ ।

क्यूएचडी सूपर एमोलेड स्क्रिन, १.३ गिगाहर्ज क्वाड कोरले फोरजी फोनको क्षमतालाई प्रस्तुत गरेको कम्पनीले दाबी गरेको छ ।

‘ग्राहकहरुलाई नयाँ नयाँ प्रविधि युक्त विभिन्न मूल्यका मोबाइल सेटहरु प्रस्तुत गर्ने क्रममा सामसङ ग्यालेक्सी जे टूको फोरजी संस्करण, स्मार्ट फोनका प्रारम्भिक  प्रयोगकर्ताहरुलाई लक्षित गरी प्रस्तुत गरेका छौं,’ कम्पनीका एचपीपी डिभिजनका प्रमुख प्रणय रत्न स्थापितले भने ।

सामसङ ग्यालेक्सी जे टू फोरजीमा ४.७ इन्चको क्यूएचडी स्क्रिन रहेको छ । जसले फोटो हेर्दा, भिडियो हेर्दा वा वेवसाइट चलाउँदाको अवस्थामा वेग्लै अनुभव प्रदान गर्दछ । सर्वोत्कृष्ट कन्स्ट्राटको रेसियोले अनि यसमा भएको ठूलो स्क्रिन जस्ता विशेषताहरुले गर्दा मोबाइल चलाउँदा जीवन्त अनुभव प्राप्त हुन्छ ।

फोनमा रहेको ५ मोगापिक्सलको रियर क्यामराका साथमा एलईडी फ्ल्याशले गर्दा जस्तो सुकै कम उज्यालोको अवस्थामा पनि सफा र स्पष्ट फोटो खिच्न सकिन्छ । यसमा भएको २ मेगा पिक्सलको फ्रन्ट क्यामराले भिडियो कलिङ गर्दा वा सेल्फि खिच्दा वेग्लै अनुभव प्रदान गर्दछ ।

सामसङ ग्यालेक्सी जे टू फोरजी फोनमा १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर तथा १ जिबि र्याम रहेको छ, जसबाट सहजै रुपमा मल्टी टास्किङ्ग कार्यहरु गर्न सकिन्छ ।

गोल्ड तथा व्ल्याक कलर अप्सनमा उपलब्ध हुने सामसङको नयाँ जे टू फोरजी फोन बजारमा ११ हजार २ सय ९० रुपैयाँमा किन्न सकिने कम्पनीले जनाएको छ ।


क्लिकमाण्डू