अमेरिकन फाइन्चाइस क्लासिक रक क्याफे ठमेलमा



काठमाडौं। राजधानीको पर्यटकीय नगरीको रुपमा रहेको ठमेल स्थित ठहिटी चोकमा अन्तर्राष्ट्रिय स्तरको क्लासिक रक कफी क्याफे एण्ड बार सञ्चालनमा आएको छ । ग्राहकहरुलाई मनोरञ्जनात्मक वातावरणमा फरक स्वाद पस्कने उद्देश्यले क्याफे सञ्चालनमा ल्याइएको हो ।

शुक्रबार राधानीमा आयोजित पत्रकार सम्मेलनमा क्याफेका सञ्चालक पान्देन रोटाले क्याफे सम्बन्धि जानकारी दिएका थिए ।

उनका अनुसार क्याफेमा लोकप्रिय मानिएको फाइन्चाइसको कफी लगायतका विभिन्न कन्टिनेन्टल फुड, कक्टेल, मक्टेलका साथै नेपाली लोकप्रिय परिकार म म उपलब्ध हुनेछ । ‘विदेशी पर्यटक र स्वदेशी खाना पारखी दुवैलाई लक्षित गरी क्याफे सञ्चालनमा ल्याएका छौं,’ उनले भने ‘क्याफेको मुख्य आकर्षणका रुपमा अमेरिकी प्रविधिमा उत्पादित कफी र स्मोकिन जोज पिजा रहेको छ ।’

उद्घाटनको अवसरमा ग्राहरुलाई १० प्रतिशत छुट दिइएको उनको भनाइ छ । उक्त छुट करिब ३ महिनासम्म कायम रहनेछ ।

अमेरिकाबाट विभिन्न मुलुकमा विस्तार हुदै आएको क्लासिक क्याफे नेपालमा भने पहिलो पटक सञ्चालनमा आएको हो भने हाल भारत, पाकिस्तान, दुवइ, कतार र नाइजेरिया लगायतका मुलुकमा सञ्चालनमा छ ।


क्लिकमान्डु