हरेक वडादेखि देश कै सार्वजनिक वित्त प्रणाली अन्तर्राष्ट्रिय स्तरको बनाइने



काठमाडौं । संघीय व्यवस्था कार्यान्वयनको प्रक्रियामा लेखा प्रणालीलाई सुधार गरी पारदर्शी र व्यावसायिक बनाउनु पर्ने बिज्ञहरुले सुझाव दिएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यन) र सार्वजनिक खर्च तथा वित्तीय जवाफदेहिता सचिवालयले संयुक्त रुपमा आयोजना गरेको सार्वजनिक वित्त व्यवस्थापनामा दक्ष तथा व्यावसायिकताको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी सरोकारवालाले सार्वजनिक वित्तीय व्यवस्थापनमा छिटो छरितो र सरल बनाउन व्यावसायिक जनशक्तिको आवश्यकता रहेको औल्याएका हुन् ।

कार्यक्रममा अर्थ मन्त्रालयका तर्फवाट सहभागी भएका सहसचिव केवल भण्डारीले सार्वजनिक वित्त व्यवस्थापनालाई व्यवस्थित र प्रभावकारी बनाउने क्रममा रहेको जानकारी दिएका थिए ।

सार्वजनिक लेखा प्रणालीको वर्तमान अवस्थाको जानकारी दिँदै उनले भने ‘प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी लेखा प्रणालीको विकास गर्ने प्रक्रियामा सुरु भइसकेको छ ।’

आइक्यानले नेपालको सार्वजनिक वित्त व्यवस्थापनलाई थप प्रवर्धन गर्न सिफासँग सम्झौता गरेको छ ।

कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका निमित्त सचिव बैकुण्ठ अर्यालले लेखा सम्बन्धी जनचेताको कमी हरेको बताए । हाल सार्वजनिक वित्त व्यवस्थापनमा सहभागी जनशक्तिलाई दक्ष बनाउन आवश्यक तालिम तथा प्रशिक्षणको अवश्यकता रहेको उनले औल्याए ।

नेपाल सरकार अर्थ मन्त्रालय पनि पछिल्लो समयमा वित्त व्यवस्थापन प्रणालीलाइ सुधार गर्ने तयारीमा रहेको बताउँदै उनले भने, ‘हरेक वडादेखि सम्पूर्ण देशको लेखा प्रणाली अन्तर्राष्ट्रिय मापदण्डको लागू गर्न पहल हुनेछ ।’

आइक्यानले नेपालको सार्वजनिक वित्त व्यवस्थापनलाई थप प्रवर्धन गर्न सिफासँग सम्झौता गरेको छ । सिफाको विशेषज्ञता तथा अन्तर्राष्ट्रिय अनुभव र यस संस्थासँगको सहकार्यले नेपालको सार्वजनिक वित्त व्यवस्थापनलाई थप उचाईमा पुर्याउने अपेक्षा आइक्यानले गरेको जानकारी दिएको छ ।

सोही समझदारीपत्रको महत्वलाई प्रकाश पार्ने उद्देश्यले आइक्यान लगायत अर्थ मन्त्रालय, महालेखा परीक्षकको कार्यालय, महालेखा नियन्त्रकको कार्यालय, आन्तरिक राजस्व विभाग, सिफा, आइएफएसि, लेखामान वोर्ड, लेखापरीक्षणमान वोर्ड तथा दातृ निकाय सहित अन्तरक्रिया कार्यक्रम गरेको हो ।


क्लिकमान्डु